ज्योतिष परामर्श, हस्तरेखा, जन्म कुण्डली free online astrology फैंगसुई आदिको मात्र ज्योतिष परामर्श

Wednesday, December 12, 2012

नाडि दोष एक अध्ययन


नाडीले शारीरिक उर्जाको संकेत गर्दछ जसमा व्यक्ति विशेषको स्वास्थ्य र प्रकृति निर्भर गर्दछ ।
मानव जीवनको निरन्तरता सृष्टिको एउटा महत्वपूर्ण विषय रहि आएको छ, जसलाई जीव वैज्ञानीक चाल्र्स डार्विनले समेत संघर्ष र प्राकृतिक छनौटबाट मात्र जीवनलीला अगाडि बढिरहेको विचार व्याक्त गरेका छन् । यस जीवन चक्रलाई निरन्तरता दिनको लागि मानव जातिले सामाजिक मूल्य र मान्यता स्थापित गरी विवाह पद्धति अपनाएको सर्वविदितै छ । विवाह भन्नु पर्दा सामाजिक लोक मान्यता अनुसार मिलान गरी जोडा मिलाउने र मिल्ने प्रचलन छ र यसै सन्दर्भमा ज्योतिषीय सिद्धान्तमा आधारित अष्टकुट मिलानको महत्वपूर्ण स्थान रहि आएको छ जस मध्ये नाडी विचारको प्राथमिक स्थान रहेको छ । मिलानको लागि नक्षत्र मेलापक गरिन्छ जसको कुल अङ्क ३६ हुन्छ । जस मध्ये नाडीको अत्याधिक र अङ्क हुन्छ । विवाह मेलापकमा अष्टकूट को विवरण निम्न प्रकार रहेको छ ।

अष्टकूट अङ्क फल
वर्ण कार्य दक्षता सम्बन्ध
वस्य दमन प्रवृति सम्बन्ध
तारा न्याय सम्बन्ध
योनि मानसिक सम्बन्ध
ग्रह मैत्रि साधारण सम्बन्ध
गण गुण सम्बन्ध
भकुट प्रेम सम्बन्ध
नाडी स्वास्थ्य सम्बन्ध

नाडीले व्यक्तिको स्वभाव र प्रकृतिलाई जनाउँदछ । जो उनको शरीरमा निहित हुन्छ । आयुर्वेदमा पनी उल्लेख तीन प्रकृतिहरु छन्, वात, पित्त र कफ जुन आद्य, मध्य र अन्त्य नाडीका समानादी हुन् । विवाह मिलानको लागि यी कष्टकुट मिलान गरी १८ अङ्क देखि माथि भएको अवस्थामा विवाह गर्न उपर्युक्त छ भन्ने मान्यता रहि आएको छ र यसमा नाडीको मिलानलाई महत्वको साथ हेरिन्छ । नाडि चन्द्रमाको नक्षत्रमा अवस्थितिको आधारमा तीन प्रकारको छ, आद्य, मध्य र अन्तय । यदि जातक अश्वीनी, अद्रा, पुर्नवसु, उत्तर, फाल्गुणी, हस्ता, ज्येष्ठा, मूल, शतभिषा वा पूर्वभाद्रा नक्षत्रमा जन्मिएको भए आद्य नाडी मानिन्छ । त्यस्तै भस्णी, मृर्गाशरा, पुण्य, पूर्वफाल्गुणी, चित्रा अनुराधा, पूर्वषाठा, घनिष्ठा वा उत्तराभाद्रपदा नक्षत्रमा जन्म भए मध्य नाडी भनिन्छ । एवं रीतिले रोहिणी, आश्लेशा, मद्या, वाती, विशाखा उत्तरषाढा, श्रवण वा रेवती नक्षत्रमा जन्मिएमा अन्त्य नाडि हुन्छ । वर र वधुको नाडी भएमा मिलान गर्दा फरक नाडि हुन पर्दछ । एउटै नाडी भएमा शून्य अङ्क र फरक नाडी भएमा आठ अङ्क प्राप्त हुन्छ । नाडी नमिलेको अवस्थालाई नाडी दोष भनिन्छ । नाडि दोष नहुने गरी वा अन्य शास्त्रिय उपाय भनिन्छ । नाडाी दोष नहुने गरी वा अन्य शास्त्रिय उपाय गरी मात्र विवाह गर्नु उचित मानिन्छ । नाडी एउटै भएमा दुई जना बीचमा तादाम्यताको कमी आउँदछ । चाँडै रिस उठ्ने, आलस्य हुने, अविश्वास उत्पन्न हुने, विवाद असहज, महसुस हुने, इत्यादि भई दाम्पत्य नीरस हुने र केही अवस्थाहरुमा सम्बन्ध विच्छेद सम्मको स्थिति हुन्छ । एउटै नाडी भनेको चुम्बकको एउटै ध्रुव जस्तै हुन्छन् । यदि प्रेम विवाह हो भने त्यसमा नाडी विचार लगायतका अन्य कुराको पनी महत्व रहदैन । 
नाडी दोष ले दुई मध्ये एकजना वा दुवैको मृत्यु हुन सक्छ यदि दुवैजनाको एउटै नाडी भएमा विशेषतः मध्य वा अन्त्य नाडीमा यो कथन लागु हुन सक्छ । 

नाडीदोषको वास्तविक प्रभाव वा क्षति भनेको जातक विशेषको फरक–फरक हुन्छन् । यसको प्रभावमा न्यून वा अधिक के कस्तो हुन्छन् यसको निर्णयमा कुण्डलीको विशिष्ट योग वा कुयोगको महत्वपर्ण भूमिका हुन्छ । नाडीदोषको दुष्प्रभाव बढेर जान्छ यदि दुवैजनाको कुण्डलीमा अमंगलाकारी दोष भए जसमा मांगलिक दोष, पित्त दोष, काल सर्प दोष, शनी दोष, राहू दोष, केतुको उल्लेखनीय भूमिका रहन्छन् । यस सन्दर्भमा भकुट दोष पनि त्यत्तिनै विचारणीय छ । 
कुन कस्तो अवस्थाहरुमा नाडी दोष भएको मानिन्छ यस सन्दर्भमा आचार्य बराहमिहिर र ऋषि नारदको केही मत यहाँ प्रस्तुत गर्दैछु ।

१. आद्य नाडी दुवैको भएमा सम्बन्ध विच्छेद हुनेछन् ।
२. यदि दुवैको मद्य नाडी भएमा दुवैको मृत्यु हुनेछ ।
३. यदि दुवैको अन्त्य नाडी भएमा वैवाहिक जिवन असहज हुने हुन्छ र एकको सिघ्र मृत्यु पनी हुन सक्छ ।
४. आद्य नाडी दोष श्रीमानको लागि, मध्य दुवैको लागि र अन्त्य श्रीमतीको लागि घातक हुनेछन् । 
महर्षि वषिष्ठको मतमा मध्य नाडी दोषले श्रीमानको मृत्यु हुन्छ भने आद्य र अन्त्य नाडीदोषले पत्नीको मृत्यु हुन्छ भन्ने फरक मत प्रस्तुत गरेका छन् । हाम्रो समाजमा विवाह गर्दा एउटै गोत्र(हिन्दु धर्म व्यवस्था) एउटै नजिकको वंशजमा र किरात जनसमुदाय विवाह वर्जित गरिएको छ । आधुनिक विज्ञानले यस मतलाई समर्थन गर्दै आफ्नो अनुसन्धानको नतीजा प्रकाशन गरेका छन् जसमा भनिएको फरक वा टाढा वंशवृक्ष बीचबाट उत्पन्न व्यक्ति धेरै स्वस्थ्य र उन्नत खालको हुन्छन् । यसर्थ, ज्योतिष विद्याअन्तर्गत नाडीदोष मिलान पनि स्वस्थ नारी पुरुष वैवाहिक जीवन संवन्धको आधारको रुपमा लिइन्छ ।
समान नाडी अर्थात् नाडीदोष भएका सम्बन्ध कमजोर हुनेमात्र नभएर सन्तान पनि शारीरिक र मानसिक रुपमा कमजोर हुनेछन् । जुन कुरा विज्ञानले पनि पुष्टी गरिसकेको कुरा उल्लेख गरिसकिएको छ । एउटै प्रकृति भन्दा फरक पकृति बीचको अन्तरसम्बन्धले नयाँ र धेरै सम्भावना जन्माउन सक्छ भन्ने प्राकृतिक नियमको यहाँ स्वाभाविक व्याख्या भएको देखिन्छ । नाडीहरु समान भएको अवस्थामा पनि मिलाप हुन सक्ने सम्भावना पनि मूहुर्त मार्तण्ड शास्त्रमा उल्लेख भएको छ जो निम्नलिखित छन् ।
१. यदि वर वधुको एउटै राशि भएमा र नक्षत्र परक भएमा नाडी दोष लाग्दैन ।
२. यदि नक्षत्र एउटै भएमा र राशी फरक भएमा पनि दोष निवारण हुन्छ । 
३.राशी र नक्षत्र समान भएपनि नक्षत्रको चरण फरक पर्न गए दोष निवारण भएको मानिन्छ । एउटै चरण भएकोलाई वर्जित गरिएको छ । 

‘पदमवद्य’ भएको अवस्थामा पनि नाडिको दोष न्यूनिकरण हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । नक्षत्र चरण १ र ४, २ र ३, ४ र १ तथा ३ र २ भएको अवस्थामा उल्लेखित दोष न्यून हुन जान्छ । महर्षि वषिषको मतमा एउटै राशि र फरक नक्षत्र तथा एउटै नक्षत्र र एउटै चरण चाहि मृत्युकारक भनेका छन् । उनको अनुसार नवांश स्वामी एउटै भएमा र एउटै राशी स्वामी भएमा मैत्री भावना जागृत भई नाडी र भकुट दोष समेत नष्ट हुन जान्छ । विविध वृन्दावन ग्रन्थका अनुसार यदि वर वधुको नक्षत्र रोहिणी, मृगशिरा, आद्रा, ज्येष्ठा, कृतिका, पुण्य, श्रवण रेवती वा उत्तषाढा नक्षत्र पर्न गएमा नाडी दोष नभएको मानिन्छ । त्यस्तै यदि एउटै नक्षत्र भएमा यदि नवांश फरक भएमा पनी नाडी दोष निवृत हुन्छ भनिएको छ । 
यसरी नाडीको विचार गर्दा खेरि दोष भएको वा नभएको भनी निर्णयमा पुग्न सकिन्छ । यदि दोष देखिन्छ तापनी विवाह गर्नु परेको अवस्था विवाह हुनसक्छ । यसको लागि शास्त्रमा उल्लेखित उपायहरु अपनाउन सकिन्छ जो निम्नलिखित छन् । 

१. महामृत्यूंजय मंत्रको जप गर्ने वा अन्य शान्ति अनुष्ठान सम्पन्न गर्ने । 
२. प्रत्येक सोमबार शिव पार्वतिको व्रत वा पुजा वा दुवै गर्ने । 
३. केही वस्त्र, अन्न र द्रव्य दीन दुःखीमा बाँडी दिने वा कुनै उत्तम तथा समाज निर्माणमा संलग्न संस्थालाई सहयोग गर्ने ।
४. विवाह दोष निवारण यंत्र अभिमंत्रित गरी धारण गर्ने । 
५.कुण्डलीमा निर्बल र दुषित गृहको उपाय गर्ने । यसको लागि रत्न धारण वा मंत्र अनुष्ठान वा दुवै गर्न सकिन्छ । 
नाडी दोषको प्रभाव माथि केही अन्वेषणहरु पनि भारतमा केही वर्ष पूर्व गरिएको थियो । यो शोध २०० जोडीहरु वीच गरिएको थियो जसमध्ये ६१ जोडीको नाडी दोष थियो यस सोधको विवरण एस.पी. गौर. को शोध पत्रको आधारमा यहाँ प्रस्तुत गरिँदैछ । यो शोध ब्क्ष्ँब्क् ९ब्िि क्ष्लमष्ब ँभमभचबतष्यल या ब्कतचययिनभचक क्यअष्भतष्भक० नाडी दोषको शोधको परिणाम । 

क. २०० जना मध्ये ६१ जोडीमा नाडी दोष पाइएको थियो । 
आद्य नाडीः १७ः २७.८७%
मध्य नाडीः २३ः २७.७०%
अन्त्य नाडीः २१ः ३४.४३%


ख.वैवाहिक जिवनस्तर

गुणस्तर आद्य मद्य अन्त्य जम्मा
संख्या % संख्या % संख्या % संख्या %
श्रेष्ठ ३५.२९ ३४.७८ २८.५७ २० ३२.७९
राम्रो १७.६६ ३९.१३ ४२.८६ २१ ३४.४३
सामान्य ३५.२९ १७.३९ १४.२९ १३ २१.३९
सामान्य भन्दा कम ०.०० ८.७० ९.५२ ६.५७
नराम्रो ११.७६ ०.०० ४.७६ ४.९२
कुल १७ १०० २३ १०० २१ १०० ६१ १००


ग. सन्तानसुख र गंभीर रोगलक्षण
सबै ६१ जोडीहरुले सन्तान उत्पादन गरेका थिए जसमा पुत्र र पुत्री दुवै छन् । यसमध्ये केवल एक जनाको सन्तान भएको थिएन जसको विवाह २७.०१.२००७. इ.स.मा भएको थियो । शोध कार्य २०१० मा टुँगिदा ६१ मध्ये केवल दुई जनालाई चिसोको समस्या देखा परेको थियो भने एकजनाको स्वास्थ्यमा केही समस्या देखिएको थियो । बाँकी ५८ जनाको सन्तानमा केही ठूलो स्वास्थ्य समस्या देखिएन । 
घ. सम्बन्ध विच्छेद गंभीर स्वास्थ्य समस्या वा जोडीको मृत्यु ।
आद्य नाडीको सम्बन्धमा केवल एक जना अन्त्य नाडिको सम्बन्धमा एक जनाको विजुलीको करेन्टको कारण विवाह भएको २ वर्षमा मृत्यु भएको थियो । मध्य नाडीको २ जना तथा अन्त्य नाडीको २ जना सडक दुर्घटनामा परेका थिए ।

नाडी घटना प्रतिशत
संख्या संख्या
आद्य १७ ५.८८
मध्य २३ ८.७०
अन्तय २१ १९.०५
जम्मा ६१ ११.४७

केवल अन्त्य नाडीको सम्बन्धमा केही बढी प्रतिशत क्षती भएको देखियो । 

ङ. नाडीदोष निवृत भएको अवस्था वा दोष नलागेको ।
वैवाहिक जिवनको गुणस्तर आद्य नाडी मध्य नाडी अन्त्य नाडी जम्मा
जम्मा निवृत जम्मा निवृत जम्मा निवृत जम्मा निवृत
श्रेष्ठ २०
राम्रो २१
सामान्य १३
सामान्य भन्दा कम
नराम्रो
जम्मा १७ १० २३ २१ ६१ २३
५८.८३ २६.०९ ३३.३३ ३७.७०

उपरोक्त शोधपत्रले नाडीदोष मात्रले विवाह मा दोष आउँदैन यसको लागि कुण्डलीमा अन्य विविध पक्षले प्रभाव पारि रहेको हुन्छ भन्ने संकेत दिन्छ । यस अध्ययनले नाडीदोषको जुन प्रचलित भय छ त्यसलाई न्यून गर्न मद्दत पुगेको छ । स्वास्थ्य, सम्बन्ध, मृत्यु, दुर्घटना, सन्तान इत्यादि कुराहरुमा उत्साहजनक शुभ संकेत यस शोधपत्रले दिएको छ । वैवाहिक सम्बन्ध र सन्तान सुखमा उच्च सफल परिणाम देखिएको छ । यसबाट हामी के पनि निष्कर्ष निकाल्न सक्छौं भने मात्र नाडी विचार आफैंमा पूर्ण होइन यसको साथ २ सप्तम भाव, लग्न राशी स्वामी, नवांश इत्यादिको शुभत्व र बल विचार गर्नु पर्ने हुन्छ । यसको साथै स्त्री पुरुषको चलिरहेको महादशा र अन्तर्दशाको मूख्य गरी विचार गर्नु जरुरी हुन्छ । 
कुण्डलीमा पुत्रकारक पञ्चम भाव र विवाहको कारक गृह वृहस्पतीको अवस्था पनि बुझ्नु जरुरी हुन्छ । यस लेखको उद्देश्य पाठकहरुलाई प्रचलित नाडी दोषको शास्त्रिय मतलाई यथार्थपरक रुपमा प्रस्तुत गर्नु हो । विवाह मेलापक को सम्बन्ध अझ गहन र विस्तृत अध्ययनको आवश्यक्ता रहेको छ जसले ज्योतिष विज्ञानलार्य कसी लगाउँदै यसको वैज्ञानिक पक्षलाई उर्जागर गर्दै लैजाने विश्वास मैले दिएको छु ।
टिकाराज राई

1 comment:

Anonymous said...

1xbet | 1xbet | Bet with a Bonus - RMC | Riders Casino
1XBet allows you jancasino.com to bet on any favourite horse races 도레미시디 출장샵 or any other sporting event. 1xbet login ✓ Get ventureberg.com/ up to £300 + 200 https://tricktactoe.com/ Free Spins No Deposit